काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको अहिलेको सरकार कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आज (सोमबार) बसेको लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको १७ महिनापछि आँफैले सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउने सुनाए ।
उनले भने,‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो । मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु, १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री छाड्छु । यो त डिक्लियर छ । केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन । आफैं छाड्छ बेला पुगेपछि ।’
उनले आफू छिटो पाक्ने खालको केराजस्तो फलफूल नभएको पनि स्पष्ट पारे । उनले थपे,‘अर्को के भने, यो बोटैमा पकाउन दबाइ हाल्छन् कि हाल्दैन । तर, टिपेपछि चाहिँ केरा लगायतका फलफूलमा औषधि हाल्छन् क्या छिटो पकाउन । म छिटो पाक्ने खालको केराजस्तो फलफूल होइन । बोटैमा हाल कि निकालेर हाल त्यसबाट केही असर पर्दैन, १७ महिनालाई तोप हानेपनि सरकार ढल्दैन । केही गरेपनि सरकार ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाई छ के ढल्नु नि ? १७ महिनापछि आफैं राजीनामा दिन्छु शेरबहादुरजीलाई दिन्छु ।’




प्रतिक्रिया