राप्रपा सांसद कार्कीको प्रश्न: १२ वर्षकी बालिकाको पेटमा २५ हप्ताको गर्भ छ, तीनको भविष्य के होला ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले दिन प्रतिदिन नेपालमा बलात्कारजन्य घटनामा वृछि भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले अछाममा हालै १२ वर्षकी बालिका आफन्तबाटै बलात्कृत भएको र उनको पेटमा २५ हप्ताको गर्भ रेहको पुष्टि भएको भन्दै उक्त बालिकाको भविष्य के हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

‘दिनप्रतिदिन यसता घटनामा वृद्धि हुँदै गइरहेको छ । हालै मात्र सिरहामा रिंकु सदायको घटना सेलाउन पाएको छैन् । अछाममा आफन्तबाटै १२ वर्षकी बालिका गर्भवती भएकी छन् । उनको पेटमा २५ हप्ताको बच्चा छ । कानूनले गर्भपतन गर्न दिँदैन । उनको भविष्य अब के होला ?’ उनले प्रश्न गर्दै सोधिन् ।