प्रधानमन्त्रीज्यू चश्मा उतारेर हेर्नुस्, तपाईँले भनेजस्तो नेपाल समृद्ध भएको छैनः रास्वपा नेतृ कठायत


काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य विनियता कठायतले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपालाई ग्रे–लिस्टमा राखेको बारे ध्यान दिन सरकारको ध्यानाकार्षण गराएकी छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई वर्षसम्म हालको अवस्थामा सुधार नआए आउनसक्ने अनेकौ चुनौतिको बारेमा सरकार गम्भीर हुनुपर्ने बताईन् । ग्रे लिस्टमा परेसँगै नेपालको अन्तर्राष्ट्रिय समुदायमा छवि नराम्रो भएको पनि उनले बताईन् ।

नेतृ कठायतले उक्त परिस्तितिबारे प्रधानमन्त्रीलाई थाहा छ कि छैन भनी प्रश्न गरिन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भनेको जस्ता गरी अहिले नै देश समृद्ध भइनसकेको उनको भनाइ छ । उनले चश्मा उतारेर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिन् । कर्णालीको बाटो, शिक्षाको अस्था, दार्चुलातिरको बाटो हेर्न उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरिन् ।

‘हालको अवस्था दुई वर्षमा सुधार नभएमा हामीले अनेक चुनौतिको सामना गर्नुपर्ने छ । यो हाम्रो सम्माननिय प्रधानमन्त्रीज्यूलाई थाहा छ कि छैन । आफ्नो महात्म्य आफैं गायर नथाक्ने उहाँलाई म आग्रह गर्न चाहन्छु– चश्मा उतारेर हेर्नुहोस् । उहाँले भनेजस्तो नोपल समृद्ध भएको छैन,’– उनले भनिन् । File Photo/RN