काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले सरकार नालायक र दमनकारी बनेको निश्कर्ष निकालेको छ । गत फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा बसेको एकीकृत समाजवादीको बैठकले सरकार नालायक र दमनकारी बन्दै जाँदा सडकले पनि सही बाटो नभेटाएर अराजक र पपुलिष्टको कब्जामा गएको निश्कर्ष निकालेको हो ।
यस्तो परिस्थितिलाई चिर्न एकीकृत समाजवादीले आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने निर्णय गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको पनि बताइएको छ । पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित भएको पनि बताइएको छ । File Photo/RN




प्रतिक्रिया