काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामबारे सोच्न सकिने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथिको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । यसअघि बोल्ने सांसदद्धय योगेश भट्टराई र विराजभक्त श्रेष्ठले पनि नाम फेर्न सुझाव दिएका थिए । सांसद पन्तले सशस्त्रलाई मुख्यगरि तीन वटा काम दिनुपर्ने बताएका छन् ।
उनले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताए । उनले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताए ।




प्रतिक्रिया