काठमाडौं । केही दिनदेखि अस्पतालमा उपचाररत शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा सुधार देखिएको छ ।
स्वास्थ्यमा समस्या भएपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोगको आशंका गरिएको थियो । यद्यपि उनलाई क्षयरोग नभएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेकी मन्त्री भ्टरटाईलाई भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छ्न ।
मन्त्री भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि आज अस्पताल पुगेका छन्।




प्रतिक्रिया