गाँजा खेतीलाई वैधानिकता दिने बजेटको बुँदा ४९ लाई तत्काल कार्यान्वयनमा लैजान माओवादीको माग


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारका पालामा आएको चालु आर्थिक वर्षको बजेटमा उल्लेदीत गाँजा खेतीलाई वैधानिकता दिने कुरा तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सापकोटाले तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटको बुँदा ४९ मा उल्लेख गरिएको गाँजा खेतीको वैधानिकताबारेको कुरा तत्काल कार्यान्वयनमा लान माग गरेका हुन् ।

‘प्रचण्ड नेतृत्वको सरकारका पालामा आएको बजेट वर्तमान सरकारले सोही कार्यान्वयन गरिरहेको भन्ने सत्तापक्षका माननीयज्यू हरुको कुरा सुनिन्छ । तर, तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटको बुँदा ४९ मा उल्लेखीत कुरा हालसम्म पनि कार्यान्वयनमा गएको छैन् । मकवानपुर लगायतका देशैभरका धेरै युवा हाल त्यो बुँदा कार्यान्वयनमा नआउँदा जेलमा छन् । म सरकारलाई उक्त कुरा तत्काल कार्यान्वयनका लािग माग गर्दछु’ उनले भने ।