काठमाडौं । सरकारले २०८० वैशाख १ गते यताका मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलव्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘संवत् २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्द्मा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म | पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत् मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको छ’ मन्त्री गुरुङले भने ।




प्रतिक्रिया