काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल एक्सबाट उनले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।
मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन वर्षलाई बिदा गरी हर्षोल्लासका साथ सर्प वर्षलाई स्वागत गरेर ग्लापो लोसार मनाउने गरेका बताउँदै उनले एक्समा यस सर्प वर्षले हामी सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।




प्रतिक्रिया