काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुट्नुमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकार र निर्वाचन आयोगको मिलेमतोमा काम भएको आरोप लगाएका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो पार्टी फुट्नुमा प्रचण्ड नेतृत्वको सरकार र आयोगलाई दोष देखाएका हुन् ।
‘हाम्रो पार्टीभित्र रहेका लोभी पापी, अवसरवादी चरित्र तथा स्वार्थीहरुलाई अलग्याई आफ्नो सत्ता लम्ब्याउनका लागि प्रचण्ड र उनको नेतृत्वमा रहेको दलको कारणले जनता समाजवादी पार्टी बनेको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकार र निर्वाचन आयोगको मिलेमतोमा गठित नयाँ पार्टी मुलुक र जनताको भन्दा सरकारमा कसरी टिकिरहने, भ्रष्टाचार गर्ने, पहिचान पक्षधर आन्दोलनलाई कमजोर बनाउने, सरकारको नेतृत्व गर्ने दलको ईसारामा काम गरिरहेकोबाट प्रष्ट हुन्छ’ उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।




प्रतिक्रिया