स्ववियु चुनावमा होमियो नेविसंघ, १४ समितिमा तोकिए संयोजक


काठमाडौं । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न १४ वटा समिति गठन गरेको छ ।

चैत्र ५ गते सम्पन्न हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेपाल विद्यार्थी संघको सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

नेविसंघले अन्तर विद्यार्थी सङ्गठन समन्वय समितिमा पंकज कुमार क्षेत्री, स्ववियु निर्वाचन प्रचार प्रसार समितिमा यङजोर कार्की, स्ववियु निर्वाचन अनुगमन समितिमा आदर्श मल्ल,घोषणापत्र तयारी समितिमा (त्रिभुवन विश्वविद्यालय) विकल राई, उपत्यका समन्वयन एवं स्वयंसेवक परिचालन समितिमा निश्चल महर्जन, प्राध्यापक तथा कर्मचारी समन्वय समितिमा दिपक ओझा, विश्वविद्यालय समन्वयन समितिमा शरण कुमार बस्नेत, स्ववियु निर्वाचन साक्षरता एवं अभिमुखीकरण समितिमा सुशान्त आचार्य, जिल्ला तथा सम्पर्क समितिमा राम चन्द्र भण्डारी, सुरक्षा निकाय एवं प्रशासन समन्वय समितिमा विजय ढुंगाना, क्याम्पस केन्द्रित सामाजिक संघ संस्था एवं समुह समन्वयमा आदित्य कुमार दास, विद्यार्थी स्वास्थ्य सायता समितिमा सुमित बोहोरा, नीति तथा रणनीति समितिमा अमृत उप्रेती, मत सर्वेक्षण तथा विश्लेषण समितिमा महेश्वर पौडेललाई संयोजक तोकिएको संगठनले जनाएको छ ।

प्रत्येक समितिमा एक सदस्य सचिव रहने व्यवस्था गरिको छ भने समितिको आकार, समयावधि, काम कर्तव्य र अधिकार कार्यादेशमा तोकिए बोजिम हुने नेविसंघले जनाएको छ ।

Skip This

Omoda E5 Pro