काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि १४ क्याम्पसमा उम्मेदवार टुंगो लगाएको छ ।
चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको छ। आज संघ/ संगठन/ समूह दर्ताको कार्यक्रम राखिएको छ ।
अनेरास्ववियुले केन्द्रीय क्याम्पसहित १४ वटा कलेजमा आफ्ना उम्मेदवार टुंग्याएको जनाएको छ । जसमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा पुरुषोत्तम चौधरी सभापतिमा उठ्ने भएका छन् ।
त्यस्तै वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पवन यादव, ग्रामीण आदर्श क्याम्पस, नेपालटारमा बैकुण्ठ (अशोक) खनाल, पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ, पब्लिक युथ क्याम्पस,धोबिचौरमा निराजन विक्रम शाही, कोटेश्वर बहुमुखी क्याम्पस, कोटेश्वरमा शर्मिला भण्डारी, महेन्द्र मोरङमा अनिश बोगटी, सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्ण कुमार यादब चिन्टु, महेन्द्र बहुमुखी दाङमा सागर पण्डित उम्मेदवार बन्नेछन् ।
पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, महाराजगन्ज मेडीकल क्यापसमा पंकज गुप्ता र जनप्रिय क्याम्पस पोखरामा आविष्कार के।सी सभापतिका उम्मेदवार बन्ने टुंगो लागेको अनेरास्ववियुले जनाएको छ ।




प्रतिक्रिया