कुखुरा पनि काट्न नसक्ने केपी ओलीलाई झापा विद्रोहको नाममा बदनाम गरियोः शंकर पोख्रेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले झापा विद्रोहबारे अन्य दलका नेताहरुले गलत व्याख्या गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनाम भएको बताएका छन् ।

सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै पोख्रेलले झापा विद्रोहका नेता तथा पूर्व मन्त्री राधाकृष्ण मैनालीको आत्मकथा नलेखिएका इतिहासलाई सम्झँदै ओली कुखुरा समेत काट्न नसक्ने नेता भएको तर,विरोधीले मान्छे काटेको भन्दै बदनाम गरेको बताए ।

‘केपी ओलीको सन्दर्भमा आरके मैनालीले भन्नु भएको छ । ओली मान्छे होइन, कुखुरा पनि काट्न सक्ने मान्छे होइन । यो कुरा यहाँ राख्न उपयुक्त हुन्छ भन्ने ठानेको छु,’ पोखरेलले भने, ‘झापा विद्रोहमा व्यक्ति हत्याको विरुद्ध असहमति राखेको नेता हो । ओली अनुशासित विद्रोही नेता हो ।’

Skip This

Omoda E5 Pro