नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज


काठमाडौं, फागुन २० । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा एक दिन महाधिवेशन लम्बिएको छ।

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्। अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो। पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।