अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा

डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि


काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेर चाटर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो।

आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुनेछैन।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।

डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ ।  त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । 

Skip This

Omoda E5 Pro