प्रचण्डले बोलाएको विपक्षी दलको बैठक जारी, अध्यादेशबारे निर्णय हुने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको विपक्षी दलको बैठक जारी छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजेदेखि विपक्षी दलको बैठक बसिरहेको हो । विपक्षी दलमा माओवादीसहित, नेकपा एस, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु छन् ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ । आजको बैठकमा ५ वटा अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । संसद् अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका छन् ।

यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश

  • सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
  • निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
  • आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
  • सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१