प्रतिनिधि सभा बैठक सुरू, पाँच अध्यादेश स्वीकृतीका लागि निर्णयार्थ पेश हुने (लाईभ)


काठमाडौं, फागुन २१ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकारले यस अघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश गर्नेछ ।

सरकारले आज यस अघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने भएको हो । सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेस हुने भएका हुन् ।