काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेशको विरोध गर्नेहरुले अध्यादेशमा काँडैकाँडा देखेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा अध्यादेशबारे सांसदहरुले उठाएको प्रशनमा जवाफ दिँदै मन्त्री गुरुङले अध्यादेशमा सत्तापक्षले फूलैफूल देखेको तर, प्रतिपक्षीले काँडैकाँडा देखेको टिप्पणी गरे ।
‘अध्यादेशबारे विभिन्न प्रशन उठेको छ । अघिल्लो पटक अध्यादेश ल्याउँदा आज विरोध गर्ने मान्यज्यूहरुले खुवै समर्थन जनाउनु भएको थियो । त्यो संसद्को रेकर्डमा छ । त्यो हेर्दा थाहा हुन्छ । यो अध्यादेश त धुर्वलाल श्रेष्ठको कविता जस्तै छ । ”फूलको आँखामा फूलै सन्सार काँडाको आँखामा काँडै सन्सार” । उहाँहरुले काँडैकाँडै देख्नुभएको छ । हामीले फूलमात्र देखेका छौं । त्यसकारणले प्रतिपक्षीहरुले विरोध गर्ने अधिकार हुन्छ । तर, कहाँ कुन आधारमा विरोध गर्ने भन्ने चिज पाउनु भएन् । विरोध गर्नैपर्ने भएर मात्र विरोध गरिएको हो’ उनले भने ।




प्रतिक्रिया