सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश संसद्बाट स्वीकृत


काठमाडौं । प्रतिनिधि सभा बैठकबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।

बुधबार बसेको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले राखेको अस्वीकृतको प्रस्ताव बुहमतले अस्वीकृत गर्दै अध्यादेश स्वीकृत गरेको हो ।

सांसद जोशीले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावको समर्थनमा विपक्षी दलका सांसदहरूले समर्थन गरे पनि सदनको बहुमतले उक्त प्रस्ताव स्वीकृत गर्‍यो।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षीदलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए।

Skip This

Omoda E5 Pro