काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राजावादीहरुको सक्रियताप्रति कडा टिप्पणी गरेका छन् । विगतका शासन व्यवस्थालाई इंगित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा कडा टिप्पणी गरेका हुन् ।
रिमालले नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन् । राजावादीहरूको सक्रियताप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता राम-राज्यका संचालक यिनीहरू नै थिए हैन र रु अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिङ्गो वंशलाई उनीहरूद्वारा-उनीहरूका लागि-उनीहरूले नै खरानी बनाएका हैनन् र ?’।
रिमालले २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उही रहेको उल्लेख गरेका छन् ।’एयरपोर्ट जाऔं- स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको गोल्डेन डेजआयो भन्दै ती डेजमा गोल्डको गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र?’ ,उनले लेखेका छन्,’रक्त शुद्धता र वंश-परंपरा नश्लिय पाखण्डको पर्दाफाश गरौं ! अंग्रेज़ीमा एउटा भनाइ छ नि- “फर्गिभ- वट नट फर्गेट’ ।




प्रतिक्रिया