काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रजातन्त्रका लागि राजा सहितको नवीन समझदारीमा जान प्रस्ताव गरेका छन् ।
३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कंदै छन् । उनको स्वागतको तयारी राजावादीहरूले गरेका छन् । पूर्व राजालाई स्वागत गर्न आज राजावादीको सबै समूह विमानस्थल जाँदैछ । ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थल जानुअघि मिश्रले सो प्रस्ताव गरेका हुन् ।
ज्ञानेन्द्रको पछिल्ला गतिविधिले शीर्ष नेताहरु तरंगित भएको अभिव्यक्तिकाबीच उनले आफ्नो धारणा राख्दै राजासहितको नवीन समझदारीमा जानुपर्ने र अन्यथा बंगलादेश,श्रीलंका र सिरियाजस्तो हुने चेतावनी दिएका छन् ।
उनले लेखेका छन् ‘विनाशकाले विपरीत बुद्धी’भनेको यही हो! कृपया, कृपया, कृपया, यो हठ त्याग्नुहोस्। श्रीलङ्का, बङ्गलादेश र सिरियाको जस्तो स्थिति आयो भने त्यो तपाईँहरू र देश, कसैका लागि पनि अनुकूल हुने छैन। त्यहाँका शासकले पनि शुरूमा तपाईँहरूले जस्तै सोचेका थिए। तर तिनले देशै छोडेर भाग्नुपर्यो।
त्यस्तो स्थिति आउनुअगाबै शान्तिपूर्ण संक्रमणमार्फत नवीनसमझदारी मा जाऊँ र संविधान तथा व्यवस्थामा #SytemicOverhauling गरौँ। देशलाई हिंसा र क्षतिबाट बचाऊँ!’




प्रतिक्रिया