काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राजा फर्काउन भन्दै राजावादीले आइतबार गरेको प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको भन्दै प्रश्न उठाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन् ‘यो सात साल होइन । त्यतिबेला भागेर भारतीय दूताबासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइदिएझैँ अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ । जुग योगीको तस्वीर बोकेर प्रदर्शन भएको छ, तिनैको राज्य उत्तर प्रदेशमा ५० करोड मानिसले कुम्भमा भाग लिँदा ‘हिन्दू–सम्राट’ भनेर दावी गर्ने ज्ञानेन्द्रले कोसिस गर्दा पनि निम्तो नपाइएको भर्खरै हो । गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको छ’ ।




प्रतिक्रिया