काठमाडौं, २६ फागुन । सिराहा जिल्लाको कर्जन्हामा रहेको फूलकुमारी महतो मेमोरियल हस्पिटलमा मोतियाविन्दूको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । हिजो (आइतबार) अस्पताल प्राङगणमा आयोजित आँखा शिविरमा ११८ जनाको मोतियाविन्दूको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।
कन्सलटेन्ट अप्थ्यामोलोजिष्ट डा. हेमचन्द्र झाको नेतृत्वमा ती विरामीहरुको आँखाको मोतिाविन्दुको शल्यक्रिया गरिएको हो। शिविरबाट सिराहा, सप्तरी, उदयपुर, धनुषा र सिन्धुलीका विरामीहरुले लाभ लिएको जनाईएको छ । आँखा शिविरको उद्घाटन भने फूलकुमारी अस्पतालका संस्थापक संरक्षक एवम पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले गरेका थिए ।
फूलकुमारी अस्पतालमा तिलगंगा आँखा अस्पताल र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र फूलकमाुरी महतोको अस्पतालको सम्पूर्ण व्यवस्थामा आँखाको सबैखाले उपचार हुँदै आएको छ । २०७९ माघ २२ गतेदेखि हालसम्म मोतियाबिन्दुको सर्जरी ३३५० जनाको सम्पन्न भैसकेको अस्पताल प्रशासनले जनाएको छ ।
यस्तै, अहिलेसम्म आँखाको ओपिडी २५ हजारले लाभ लिएको र विभिन्न ठाउँमा गई मोतियाबिन्दुको स्क्रिनिङ गरिएको छ । यसरी स्क्रिनिङगर्दा लाभ लिनेको संख्या अहिलेसम्म ३५ हजार पुगिसकेको छ । अस्पतालले मोतियाविन्दुको निःशुल्क अपरेशन, चस्मा, औषधी र खाना तथा आवासको समेत उचित प्रवन्ध गर्ने गरेको छ । प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्तामा अपरेशन हुँदै आएको छ ।













प्रतिक्रिया