काठमाडौं । रास्वपाका पूर्व नेता डा मुकुल ढकालले रवि लामिछाने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै रास्वपाका निस्कासीत महामन्त्री रहेका ढकालले रविमाथि लागेको मुद्दा कमजोर बनाउने शर्तमा देउवा र ओलीसँग सम्झौता गरेको आरोप लगाएका हुन् ।
‘रवि दाइले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ’, ढकालले भनेका छन्, ‘पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रवीन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’




प्रतिक्रिया