वीर अस्पतालले ‘डीप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट विभिन्न रोगको उपचार गर्ने


काठमाडौं, २६ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर हस्पिटलको न्युरो सर्जरी विभागले परम्परागत उपचारहरूमा सन्तोषजनक सुधार हुन नसकेका पार्किन्सन, छारेरोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसिडीजस्ता अवस्थाका विरामीहरुका लागि व्याट्रीबाट विद्युतीय तरङ्ग दिई दिमाग सञ्चालन गर्ने विधि (डीप ब्रेन स्टिमुलेसन) सञ्चालनमा ल्याउने भएको छ ।

त्यस्तै, मेरुदण्ड पक्षघात तथा नशाको दिर्घरोगीका लागि स्पाइनल स्टिमुलेशन विधि पनि सञ्चालनमा ल्याइने बताइको छ । अमेरिकाको Carilion Roanoke Memorial Hospital सँगको सहकार्यमा वीर हस्पिटलको न्युरो सर्जरी विभागले विगतदेखि नै यी सेवाहरु सञ्चालन गर्दै आएको छ ।

न्युरोसर्जरी विभागका प्रमुख प्रा.डा.राजीव झाका अनुसार यस विधिबाट गरिने उपचारका लागि विरामी छनोट चैत १८ गतेसम्म न्युरो सर्जरी विभाग, चौथो तल्ला, कोठा नम्बर ४३१ मा सञ्चालन गरिएको छ । औषधिले सन्चो नभएका पार्किन्सन, छारे रोग, शरीर कम्पन, दीर्घ दुखाई, खुट्टाको मासु कडा हुने समस्या, पछघातजस्ता समस्या भएका बिरामीहरूलाई सम्पर्क गर्न भनिएको छ ।