रूस-युक्रेन युद्धमा मारिए सुनछहरीका पूर्व वडाध्यक्ष बुढाथोकी


काठमाडौं । रोल्पाका एक जना पूर्व वडाध्यक्ष रुस-युक्रेन युद्धमा मारिएका छन् । रोल्पाको सुनछहरी गाउँपालिका ५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो।

उनी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो। भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि नै काजकिरिया सुरू गरेको पारिवारिक स्रोतले जनाएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनमा बुढाथोकी नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७९ सालमा पनि उम्मेदवार बनेका उनी पराजित भएपछि रुस हिँडेका थिए ।