लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: कमल थापा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै थापाले आफूहरुले निरंकुश राजतन्त्र नखोजेको हुँदा राजासहितको लोकतन्त्र खोजेको दाबी गरेका छन् ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो’, उनले लेखेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिन्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वेलगायतका कैयौँ मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’

Skip This

Omoda E5 Pro