काठमाडौं, २७ फागुन। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अहिलेको व्यवस्था रह्यो भने गगन थापा, योगेश भट्टराई र आफू पनि प्रधानमन्त्री बन्नसक्ने बताएकी छिन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले लोकतान्त्रिक गणतन्त्रमा विचारको प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिईन् । उनले नेपाल बिग्रिएको नै झुटो कुरा बोलेर भएको दाबी गरिन् । उनले आफूहरु कुनैपनि हालतमा यो व्यवस्था सक्न नदिने घोषणा गरिन् ।
उनले दलभित्र नेताहरु करेक्शन हुनुपर्ने सुझाव दिईन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गरेर इरिटेड गर्न नहुने उनको सुझाव थियो । उनले पूर्वराजाको हिसाबले ज्ञानेन्द्रप्रति सम्मान रहेको सुनाईन् । उनले दलका नेताहरुसामू अहिले सुध्रिने कि सक्किने अवस्था रहेको भन्दै व्यवस्था भने आफूहरुले कुनैपनि हालतमा समाप्त हुन नदिने उद्घोष गरिन् ।
उनले आफूहरुले अहिलेको व्यवस्थाको लागि हिजो लडेको स्मरण गराईन् । संविधान कार्यान्वयन पूर्ण रुपमा नभईकन फेरिने सम्भावना नभएको उनको दाबी छ ।




प्रतिक्रिया