काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गलत क्रियाकलापको कारण जनतामा व्यवस्थाप्रति मोहभंग बढिरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको भन्दै चिन्ता प्रकट गरे ।
प्रचण्डले ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । उनले भने,‘अहिले सारा उपलब्धीलाई उल्टाउने कोशिष हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ ।’




प्रतिक्रिया