समाजवादी मोर्चाको बैठक बस्दै


काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) सहित चार दल संलग्न समाजवादी मोर्चाका बैठक आज बस्ने भएको छ । आज (मंगलबार) दिउँसो ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

मोर्चामा माओवादीसहित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी र महिन्द्रा राय नेतृत्वको नेपाल समाजवादी पार्टी रहेको छ ।

बैठकमा सरकारको गतिविधि र पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल हुने बताइएको छ ।