काठमाडौं, २८ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र आज हस्तान्तरण गरेका छन् ।
मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरुसहित समेटिएको उक्त सात बुँदे घोषणापत्र आज बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको हो ।




प्रतिक्रिया