काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले गणतन्त्र कसैले दाईजो दिएर नआएको भन्दै अब इतिहास पछि नफर्कने टिप्पणी गरेका छन् । उनले हिजो राजतन्त्रात्मक व्यवस्थामा बोल्न त परै जाओस दुःखमा रुनपनि नपाईएको स्मरण गराए ।
गृहजिल्ला भोजपुरको सल्पासिलिछो गाउँ कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री किरातीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कसैको पनि उक्साहटमा नलाग्न चेतावनी दिए । विगतमा उच्किँदा श्रीपेज भुईंमा खसेको उल्लेख गर्दै किरातीले अहिले फेरि कसैको उच्काईमा लाग्दा टाउका नै भुईंमा झर्ने चेतावनी दिएका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘गणतन्त्र कसैले दाईजो दिएको होइन । नेपाली आमाका सपुतहरुले बलिदान गरेर ल्याएको हो। राजतन्त्रात्मक व्यवस्थामा बोल्न त के दुःखमा रुन पनि पाईँदैन थियो, आज तोकतान्त्रिक व्यवस्थामा नारा लगाउन पाएका छौ। पहिला उच्किँदा श्रीपेच भुईंमा खस्यो, अब फेरि कसैको उच्काईमा लाग्दा टाउको भुईंमा झर्न सक्छ । किनकी इतिहास पछि फर्किँदैन । इतिहास धेरै निर्मम हुने गर्छ । समयसंग चल्न नजान्ने तत्वलाई इतिहासले दयामाया गर्दैन । पटक पटक ठण्डा दिमागले सोच्न ज्ञानेन्द्र शाहाई आग्रह गर्दछु । सडकमा देखिएको अराजकताको झिल्कोमा सिंहदरबारले आँफै पेट्रोल खन्याइरहेको छ । किनकी यो सबै सरकारले गरेको जनविरोधी कामको परीणाम हो ।’




प्रतिक्रिया