काठमाडौं, २८ फागुन । भारत भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा धर्मकर्ममा व्यस्त छिन् । उनी आज भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाअर्चना गरेकी हुन् । उनले बाबा बैद्यनाथ धामका साथै त्यहाँस्थित बासुकीनाथ मन्दिरमा पनि पूजाअर्चनाको अवसर प्राप्त भएको जानकारी गराएकी छिन् ।
मन्त्री राणाले मन्दिर व्यवस्थापन समिति र मन्दिरका मूल पुजारीलगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेकी छिन् । उनी यही मार्च १७ तारिखबाट सुरु हुने रायसीना डायलगमा सहभागी हुन भारत गएकी हुन् । भारत बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेपनि भनिएको छ ।
उनी कार्यक्रम सुरु हुनुअघि एक साताअघि नै दिल्ली पुगेकी थिईन् । दिल्ली उड्नुअघि नै उनी झारखण्डको बाबा बैद्यनाथ धामको दर्शन गर्ने जानकारी सार्वजनिक भएको थियो ।





प्रतिक्रिया