काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन ०८४ को निर्वाचन अगाडि नै हुने बताएका छन् । आज (बुधबार) नवलपरासीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन ०८४ पछि पुर्याउने हो भने पार्टीले विघटन हुनसक्नेसम्मका समस्या आएको बताएका हुन् । ‘कसैले महाधिवेशन हुँदैन भन्दिनु भएको छ । कसैले ०८४ सालपछि हुन्छ भन्दिनु भएको छ । नेपालको कानुन, संविधान, विधानले ०८४ पछि अधिवेशन गर्न दिन्छ ? दिँदैन । पाइँदैपाइँदैन । कांग्रेस त विघटन हुन्छ । एउटाले अदालतमा गएर मुद्दा हाल्दिन्छ । यो कांग्रेस भन्ने पार्टी मेरो हो भन्छ । अदालतले दिएर पठाउँछ,’– उनले भने ।
साथै, महामन्त्री थापाले अहिले नागरिकमा पेचिलो समस्याको रुपमा असन्तुष्टि देखापरिरहेको बताए । असन्तुष्टिकै कारण नागरिकमा आक्रोश रहेको उनले बताए । ‘आजको दिनको नेपालको पेचिलो समस्या भनेको नागरिकमा असन्तुष्टि छ । असन्तुष्टिको कारणले गर्दा आक्रोश छ । आक्रोशको आगो बलिरहेको बेलामा कोही त्यसमा घिउ हालिरहेका छन् । हामी घिउ कसले हाल्यो भन्नेको पछाडि नकुदौं । असन्तुष्टिलाई बुझौं । त्यसलाई बुझौं, नागरिकसँग संवाद गरौं,’– महामन्त्री शर्माले भने ।
महामन्त्री शर्माले ५० सालदेखि ६० सालसम्मको १० वर्षको समय माओवादीले अनावश्यक युद्ध सुरु गरेर हिंसामा खेर गएको उनले बताए । त्यसपछिको ६० देखि ७० सम्मको दशक शान्ति प्रक्रियामा वितेको र ७० देखि ८० सम्मको दशक संविधान बनाउन, मिलाउन र कार्यान्वयनमा बितेको उनले बताए । File Photo/RN




प्रतिक्रिया