काठमाडौं, १७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा.केशरजङ्ग बरालले पदबाट राजीनामा दिएका छन् । चारवर्षे कार्यकालका लागि उपकूलपतिमा नियुक्त भएका प्रा.डा. बरालले १३ महिनामै राजीनामा दिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराललाई २०८० फागुन १० गते उपकूलपतिमा नियुक्त गरेका थिए । बरालले प्रधानमनत्री एवं विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् ।
सरकारको दवाब र विश्वविद्यालयकै अरु पदाधिकारीहरुको निरन्तर असहयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।




प्रतिक्रिया