काठमाडौं । नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने भएको छ ।
१५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको पद शपथ ग्रहण प्रक्रिया अघि नबढाई होल्डमा राख्ने तयारी गरिएको हो ।
कांग्रेसका एक पदाधिकारीका अनुसार उनीहरूको शपथ तत्काल नगराउने तयारी छ । उनीहरूले आज शपथ लिन पाउने छैनन् ।
सभापति गगन थापाले शपथ लिइसकेका छन् । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने आज हुने तय भएको छ ।




प्रतिक्रिया