शिक्षकहरुको आन्दोलनप्रति जनता प्रगतिशील पार्टीको ऐक्यबद्धता


काठमाडौं, २६ चैत्र । जनता प्रगतिशील पार्टी, नेपालले काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवले आज एक विज्ञप्ती जारी सो आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका हुन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल शिक्षक महासंघले माघ मनिहादेखि घोषणा गर्दै हाल काठमाडौंकेन्द्रित गरिरहेको यस आन्दोलनलाई समर्थन गर्दै जनता प्रगतिशील पार्टी, नेपाल यस आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ।’