काठमाडौं, २७ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको दाबी गरेका छन् । उनले अहिले इतिहासमै नभएको लुट र भ्रष्टाचार भैरहेको पनि आरोप लगाएका छन् । पार्टीको रौतहट जिल्लाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार गठनको लागि कांग्रेस र एमालेले गरेको सहमति नै पालना नभएको आरोप लगाए । कांग्रेस र एमालेले सरकार बनाउने बेलामा संविधान संशोधन गर्ने भनेको भएपनि त्यसबारेमा कुनै प्रगति नभएको यादवको भनाई छ ।
यादवले भने-“आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ । देशमा सुशासनको नाम निशाना नै छैन । भ्रष्टाचार नियन्त्रणको कुरा छोड्यौ । आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिल्यै देखेको थिइनँ ।” file photo




प्रतिक्रिया