ऋषि धमलालाई “लाईफटाईम मिडिया एचिभमेन्ट अवार्ड” प्रदान


काठमाडौं, २७ चैत्र । रिपोर्टर्स क्लब नेपालका संस्थापक सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला लाइफटाइम मिडिया एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

आज (मंगलबार) आयोजक संस्था शिक्षालय राष्टिय मासिक पत्रिकाले आयोजना गरेको १९औं राष्टिय शिक्षा अवार्ड समारोहमा पत्रकार धमलालाई पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्र, सुशासन र समृद्धिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

विगत साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय धमला पछिल्लो समय आधा दर्जन मिडियाको नेतृत्वमा छन् । उनले सञ्चालन गर्ने रेडियो कार्यक्रम नेपाली बहस (दैनिक) र टिभी कार्यक्रम जनता जान्न चाहन्छन् (दैनिक) दर्शक तथा श्रोताहरुमाँझ अति नै लोकप्रिय छन् ।