काठमाडौं । नेपाल शिक्षक महासंघले २२ बुँदे माग राखी शुरू गरेको आन्दोलनमा नेपाल इन्जिनियर्स एसोसियसनले ऐक्यबद्धता प्रकट गरेको छ। एसोसियसनका कार्यबाहक अध्यक्ष इन्जिनियर प्रकाश केसीले शिक्षकहरूको माग पूरा गर्न सरकारसँग अनुरोध गरेका छन्।
उनले भनें, “शिक्षकहरूले उठाएका मुद्दाहरू जनताको हक र शिक्षा प्रणालीको सुधारसँग जोडिएका छन्। तिनीहरूको माग जायज हो र त्यसलाई सम्बोधन गर्नु सबैको दायित्व हो।”
नेपाल इन्जिनियर्स एसोसियसनले शिक्षक आन्दोलनको समर्थन गर्दै, सरकारलाई शिक्षकहरूको माग पुरा गर्न तत्परता प्रकट गर्न आग्रह गरेको छ। यस आन्दोलनले शिक्षासँग सम्बन्धित विभिन्न महत्वपूर्ण मुद्दाहरू उठाएको छ, जसमा शिक्षकहरूको तलब, सेवा सुविधा र अन्य मुद्दाहरू समावेश छन्।
एसोसियसनका प्रतिनिधिहरूले सरकारसँग तत्काल उचित कदम चाल्न र शिक्षकहरूको माग पुरा गर्न दबाब दिएका छन्।




प्रतिक्रिया