शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, भोलि शपथ


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन् ।आज (बुधबार) पन्तलाई प्रधानमन्त्री ओलीले शिक्षामन्त्री नियुक्त गरका हुन् । नवनियुक्त मन्त्री पन्तको शपथ भने भोलि हुने बताइएको छ ।

मन्त्रिपरिषद्मा शिक्षामन्त्री पन्तको वरियता परराष्ट्रमन्त्री डा.आरजु राणा देउवापछि ८औं नम्बरमा रहेको छ । गत सोमबार विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिईन् ।