काठमाडौं, वैशाख ११ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्ने आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी रहेको छ ।
बैठकमा पार्टीको भूमिका र साङ्गठनिक गतिविधि, चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाबारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने जनाईएको छ ।




प्रतिक्रिया