आमाको मुख हेर्ने दिन गुरुआमा र गुरुबा पिटिएको देख्दा साह्रै मर्माहत भएको छुः सांसद सेजुवाल


काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले शिक्षकहरुको माग तत्काल सम्बोधन गरी उनीहरुलाई विद्यालय फर्काउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकार्षण गराएकी छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले शिक्षक आन्दोलन महिना दिन पुग्न लाग्दासमेत उनीहरुको माग सम्बोधन गर्नेतिर सरकारले ध्यान दिन नसकेको बताईन् ।

हिजो (आइतबार) को आन्दोलनमा प्रहरीसँग भएको झडपमा शिक्षकहरु पिटिएको बताउँदै उनले भनिन्, ‘हिजो आमाको मुख हेर्ने दिनमा गुरुआमा र गुरुबा पिटिएको देख्दा म साह्रै मर्माहित भएको छु । यही हो त नेपाल सरकारले शिक्षकहरुमाथि गर्न खोजेको सजाय ? हामीले स्मार्ट नीति बनाउन खोजेको यही हो त ?’