किरातीले उठाए वायुसेवा निगमको पूनःसंरचनाको कुरा


काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले नेपाल वायु सेवा निगमको पूनःसंरचना नहुँदा र नयाँ विमा खरिद गर्न नसक्दा निगम नै धराशयी हुने अवस्थामा पुगेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले ठुलो लगानी भएका २२ वटा आन्तरिक विमानस्थलमा उडान नहुँदा विमानस्थल बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकार्षण गराए ।

सो क्रममा उनले जहाज खरिदको लागि भैरहेको प्रयासका बारेमा समेत समितिमा छलफलको माग गरे । किराती पूर्व पर्यटनमन्त्री हुन् ।