यो सरकार कायर हो, हत्कडी लगाउने भए गिरिबन्धुका भ्रष्टाचारीलाई लगाउ : सांसद कार्की (भिडिओसहित)


काठमाडौं, २२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्रको रक्षा नहुने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र को के केलाई चाहीँ कारबाही गर्ने भनेर लेखिएको छ, किन डराउनुहुन्छ ? हुँदाहुँदा नीति तथा कार्यक्रममा पनि यस्तो लेख्न तपाईंहरुलाई बाध्यता पर्यो, यो तपाईंहरुको कायरपन हो ।’

सरकारले हालै ल्याएको नीति तथा कार्यक्रमको ‘क’ नम्बर बुँदमा भनिएको छ,‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने ।’ यही विषयमा सांसद कार्कीले सरकारको आलोचना गरेकी छिन् ।

उनले नीति तथा कार्यक्रम भएको निलो किताबमा लेखेरमात्रै गणतन्त्र नबाँच्ने पनि सरकारलाई चेतावनी दिईन् । उनले भनिन्,‘यो गणतन्त्र बचाउनको लागि जनताका कुराहरुलाई एड्रेस गर्नुहोस । जनतालाई सुविधा दिनुहोस । हत्कडी लगाउनु छ भने गिरिबन्धु टि–इस्टेटका भ्रष्टाचारीलाई, ललिता निवासका भ्रष्टाचारीलाई हत्काडी लगाउ, म चूनौति दिन्छु । गरेर देखाउ ।’