देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । यही बैशाख २६ गते शुक्रबार बस्नेगरि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । सरकारले सदनमा नीति तथा कार्यक्रम पेश गरिसकेको छ ।

अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ । तर, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको विषयलाई लिएर सत्ता सहकार्यमा रहेका कांग्रेस र एमालेबीच भने मतभेद रहेको कुरा बाहिरिएको छ । यद्धपी सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण गभर्नर नियुक्तीमा ढिलाई नभएको प्रतिक्रिया दिएका छन् । पदाधिकारी बैठकमा समसामयिक विषयमा पनि छलफल हुने बताईएको छ । file photo