संसदमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै


संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि केही दिनयता सांसदहरूले धारणा राखिरहेका हुन् ।