काठमाडौं, २६ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई इन्टरनेश्नल नेप्लिज सेफ सोसाइटी सामाजिक पत्रकारिता अवार्ड प्रदान गरिएको छ । सोसाईटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी र नेपाल च्याप्टरका महासचिव गिरिराज भट्टले हिजो (बिहीबार) प्राइम टिभीको मुख्यालयमा पुगेर सो अवार्ड प्रदान गरेका हुन् ।
पत्रकार धमलाले पत्रकारिताको माध्यमबाट निरन्तर भुईंमान्छेहरुको समस्याको आवाज उठाएको र आवाजविहीनहरुको आवाज बनेकोले सो अवार्ड प्रदान गरिएको अध्यक्ष अधिकारीको प्रतिक्रिया छ । उनले भने,‘उहाँले एकदमै दूरदराज र कोही नभएकाहरुको आवाज बुलन्द पार्नुभएको छ। उहाँले समाजका विकृति र विसंगतिलाई हटाउने काम गर्नुभएको छ । अहोरात्र खट्नुभएको छ ।’ सोसाईटीले विभिन्न ३८ वटा देशमा नेपाली खानाको प्रमोट गरिरहेकोछ ।




प्रतिक्रिया