विश्वलाई बाटो देखाउने नेपाल आँफै गञ्जागोलबाट गुज्रिरहेको छ, नेताहरूमा सद्बुद्धि आओस : प्रभु साह


काठमाडौं, २९ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विश्वलाई बाटो देखाउँदै आएको नेपाल आज आँफै गञ्जागोल, दिशाविहीन र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।

अबदेखि बुद्धको शान्ति, समता र सत्यको मार्गबाट देशमा स्थिरता, सुशासन र सामाजिक न्याय एवम् समृद्धिको सपना साकार गर्न मद्दत मिलोस भनेर साहले विश्वास व्यक्त गरेका छन् । २५६९औं बुद्ध जयन्ती एवम् किरात समूदायको उभौली पर्वको अवसरमा जारी शुभकामना सन्देशमार्फत साहले यस्तो बताएका हुन् ।

उनले जारी गरेको शुभकामनामा भनिएको छ–