एउटै लुम्बिनीले तीन करोड नेपालीलाई पाल्न सक्छः डा.ल्हारक्याल लामा (भिडिओसहित)


काठमाडौं, ३० वैशाख । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले एउटै लुम्बिनीले तीन करोड नेपालीलाई पाल्न सक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एउटै लुम्बिनीले ३ करोड नेपालीलाई पाल्न सक्छ भन्ने भिजन र निष्कर्षसहित सरकार अगाडि बढ्नुपर्ने बताए । ‘लुम्बिनीमार्फत हामी सम्पूर्ण नेपालीहरु काही विदेशमा जानु नपर्ने गरेर, एउटै लुम्बिनीले ३ करोड नेपाल जनता पाल्न सक्छ । त्यो खालको भिजन र निष्कर्षमा हामी पुग्नुपर्छ,’– उनले भने ।

साथै, उनले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताए । आगामी बुद्ध जयन्ती मनाउँदा सयौं देशका राष्ट्र प्रमुखलाई लुम्बिनीमा भित्र्याउने गरी काम थाल्न आवश्यक रहेको उनले बताए । यस वर्षको बुद्ध जयन्तीमा ३ लाखभन्दा धेरैले लुम्बिनीको दर्शन गरेको पनि उनले बताए ।

‘अब हाम्रो मूल उद्देश्य भनेको लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्ने, कम्तिमा पनि १० करोड बौद्धमार्गीहरुलाई यहाँ स्वागत गर्ने, त्यसको निम्ति पूर्वाधारहरु सम्पन्न गर्ने । म आएकोदेखि धेरै कुराहरु गरिरहेका छौं । विकासको कुरा जति गरे पनि पुग्दैन । यसलाई बढाउँदै जाने हो । यस साल ३ लाखभन्दा धेरैले बुद्ध जयन्तीमा दर्शन गरेका छन्,’– उनले भने ।